Shittalpati
सामुदायिक वनको सकरात्मक कदम
सामुदायिक वनको सकरात्मक कदम चैत महिनामा देशका धेरै ठाउँका वनजंगलमा डढेलो लागेको छ । एकैचोटि धेरै स्थानमा डढेलो फैलिएका कारण त्यसमाथिको नियन्त्रण दिनानुदिन चुनौतीपूर्णसमेत बनिरहेको छ । अघिल्ला वर्षहरुमा हिउँदको समयमा पर्याप्त वर्षा हुनाले आगलागी र डढेलोका घटनाहरु निकै कम हुने गर्दथे, तर अहिले यसवर्ष त्यति पानी नै पर्न नसकेका कारण डढेलोका घटनाहरु तीव्र...
सदाचार र सुशासन जरुरी
सदाचार र सुशासन जरुरी व्यक्तिले समाजले निर्धारण गरेका मर्यादाको पालन गर्नुपर्छ । सामाजिक र सांस्कृतिक मान्यतालाई संहितावद्ध गरेर कानुन बनाइएको हुन्छ । यिनै सामाजिक मर्यादा र प्रचलित कानुनको अनुकूल चरित्र नै सदाचार हो । सार्वजनिक सेवालाई व्यक्तिगत लाभभन्दा माथि राख्नु सदाचार हो, जुन चिज आफ्नो स्वामित्व वा अधिकारभन्दा बाहिर छ, त्यसको लोभ नगर्नु र...
प्रदूषणविरुद्ध लड्ने योजना बनाऊ
प्रदूषणविरुद्ध लड्ने योजना बनाऊ केही दिनदेखि काठमाडौँ लगायत देशभरका स्थानहरुमा वातावरणीय प्रदूषण देखिएको छ । प्रदूषणको असर देखिन थालेपछि सरकारले केही दिन अघि ४ दिनका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गर्न निर्देशन दिएको थियो । विज्ञ र स्वास्थ्य मन्त्रालयले समेत सकेसम्म घरबाहिर ननिस्कन, निस्के पनि मास्क अनिवार्य प्रयोग गर्न र सकेसम्म गाडी नचलाइदिन...
खेल क्षेत्रको विकासमा ध्यान देऊ
खेल क्षेत्रको विकासमा ध्यान देऊ आज विश्व खेलकुद दिवस विश्वभर मनाइदै छ । ‘अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो ।...
दिवा खाजाले विद्यार्थी नियमित
दिवा खाजाले विद्यार्थी नियमित सामुदायिक विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै पाल्पाका केही स्थानीय सरकारहरुले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आउन थालेका हुन् । विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थितिमा वृद्धि भएको पाइएको छ ।
सहकारी र दिगो विकास
सहकारी र दिगो विकास ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतावद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारी दिगो विकासको आधार पनि हो ।
नैतिकता माथिको प्रश्न
नैतिकता माथिको प्रश्न सत्ता आरोहणपछि धेरै समयसम्म अस्वस्थ्य भएको बाहाना गर्ने प्रधानमन्त्री अहिले आएर राजनैतिक संकट समाधान भन्दा पनि आफु अब्बल भएको देखाउन देश व्यापी भ्रमण र सभामा भाषण गरी रहेका देखिन्छन् । यसले उनी राजनैतिक विचार भन्दा पनि आफ्ना तानाशाही पना लाद्ने ध्येयमा लागेको भन्ने सहजै बुझ्न सकिन्छ ।
घट्दो रेमिट्यान्स
घट्दो रेमिट्यान्स कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरुले रोजगारी गुमाउँदै जाँदा विदेशबाट भित्रने रेमिट्यान्स पनि घट्दै गएको छ । कोभिड संक्रमणका कारण कामदार वैदेशिक रोजगारीमा जान पाएका छैनन् भने विदेशमा रोजगारीमै रहेका कामदारहरुले पनि पूर्ण समय काम पाउन सकेका छ्रैनन् । जसले गर्दा रेमिटान्स ओरालो लाग्नो क्रममा छ ।
वायु प्रदूषणको प्रभाव
वायु प्रदूषणको प्रभाव वायु प्रदुषणको प्रभावले देशको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषणको मात्रा असोचनीय रुपमा फैलिइरहेको देख्न सकिन्छ । विज्ञहरुले हाल फैलिरहेको वायु प्रदूषणको स्थिति निकै अस्वस्थकर रहेको बताएका छन् ।
कोरोना कहरमा श्रम गन्तव्य
कोरोना कहरमा श्रम गन्तव्य कोरोना संक्रमण मानव समुदाय र विज्ञानका लागि अहिले एउटा मुख्य चुनौती बनेर देखा परेको छ । यसले विश्वको अर्थतन्त्रलाई धराशयी बनाइदिएको छ भने विश्वभरका लाखौँलाख मानिसलाई रोजगारी, आवास र गाँसवासबाट समेत विमुख बनाइदिएको छ। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारत लगायत श्रम गन्तव्य मुलुकहरुलाई यसले नराम्रोसँग गाँजेको छ ।
Weather Update