साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
बुधबार, साउन ३०, २०८१

विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
सोमबार, साउन २८, २०८१
जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।

पाल्पामा डेंगी संक्रमण बढ्दो
सोमबार, साउन २८, २०८१
जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो ।
आठ महिनाको अवधिमा जिल्लामा एक सय १५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनका अनुसार यो तथ्याङ्क जनावरी १ देखि अगस्ट १० सम्मको हो ...

अभिभावक पढाउँदै बाल ज्योति
आइतबार, साउन २७, २०८१
केही अपवादबाहेक, अभिभावकहरुले आफ्नो बालबच्चालाई समय दिदैनन् । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ ।

गाउँका चौकीमा न्यून प्रहरी
शनिबार, साउन २६, २०८१
दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए ।

बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च
शुक्रबार, साउन २५, २०८१
पाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।

रेसुङ्गामा साउन २६ देखि महायज्ञ हुने
शुक्रबार, साउन २५, २०८१
जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमी रेसुङ्गामा श्रीमद्वभागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन २६ देखी ३२ गतेसम्म महायज्ञ हुने भएको हो ।

तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला
बिहीबार, साउन २४, २०८१
नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको नगर भेला तानसेनमा भएको छ । मोर्चालाई थप सशक्त र बलियो बनाएर लैजाने उद्देश्यले तानसेन नगरको भेला भएको हो ।
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन
बुधबार, साउन २३, २०८१
जिल्लाको रामपुर नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरिएको छ । नगरपालिकाले यहाँका २४ विद्यालयलाई सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य
सोमबार, साउन २१, २०८१
बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।

टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
सोमबार, साउन २१, २०८१
जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।

गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट
आइतबार, साउन २०, २०८१
जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० को भदौदेखी २०८१ असार मसान्तसम्म ४ सय ८० थान मुद्दा फस्र्यौट गरेको हो ।

पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व
शुक्रबार, साउन १८, २०८१
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।