विकासमा राजनीति नगरौं : सांसद भण्डारी
सोमबार, कात्तिक १२, २०८१
मखनटोल टोल विकासले सञ्चालन गर्यो तिहार बजार
आइतबार, कात्तिक ११, २०८१
मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास
आइतबार, कात्तिक ११, २०८१
गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका...
प्रदेशमा सुशासन कायम गर्न लागेका छौं : मुख्यमन्त्री आचार्य
आइतबार, कात्तिक ११, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न लागेको बताएका छन् । उनले शनिबार भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना– २०८१ का बारेमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकार सुशासन कायम गर्न लागि परेको बताएका हुन् ।
आज डा. भण्डारीले डहरे खोलामा पुल शिल्यान्यास गर्दै
आइतबार, कात्तिक ११, २०८१
काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले आज सत्यवती गाउँपालिका – ६ स्थित डहरे खोलामा पुल शिल्यान्यास गर्ने भएका छन् । भण्डारीकै पहलमा त्यहाँ पुल निर्माण हुन लागेको हो ।
डा. भण्डारी पुल शिलान्याससँगै विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै
शनिबार, कात्तिक १०, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी भोली गुल्मीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै छन् । आइतबार गुुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा हुन लागेका औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आज काठमाडौंबाट गुल्मी जान लागेका हुन् ।
राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग
शनिबार, कात्तिक १०, २०८१
दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्ग अन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् । राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने...
तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
शनिबार, कात्तिक १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि...
लुम्बिनी प्रदेश : तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
शुक्रबार, कात्तिक ९, २०८१
लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
बुधबार, कात्तिक ७, २०८१
विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।
चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै
आइतबार, कात्तिक ४, २०८१
गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।
पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
आइतबार, कात्तिक ४, २०८१
पाल्पा आफैमा पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । माल पाएर चाल नपाएको भने जस्तै जिल्लामा प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृतिहरु र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण...
दाङमा सर्प महोत्सव हुँदै
शुक्रबार, कात्तिक २, २०८१
दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


