Shittalpati
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।  मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित जेसिज पाल्पाले मैत्रीपूर्ण क्रिकेट खेलमा बैंकर्स संघ पाल्पालाई ९ विकेटले पराजित गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेल मैदानामा भएको खेलमा बैंकर्स संघले दिएको ९० रनको लक्ष्य पछ्याएको जेसिजले १४.४ ओभरमा ९१ रन बनाउँदै जित निकालेको हो ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । 
भारतसँग नेपाल पराजित
भारतसँग नेपाल पराजित आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ...
रामपुरमा छैठौँ मेयर कप सुुरु
रामपुरमा छैठौँ मेयर कप सुुरु जिल्लाको रामपुरमा छैठौँ मेयर कप प्रतियोगिता सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा शुक्रबारदेखि सुुरु भएको हो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई  
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई   तानसेन नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माध्यमिक विद्यालय (जेभिटि) ले  हात पारेको  छ ।
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तम्घासस्थित महेन्द्र नमुना माविले हात पारेको छ । चिदिचौर खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा  नौ स्वर्ण, तीन रजत र आठ कांस्यसहित २० पदक प्राप्त गरी महेन्द्रले उपाधि हात पारेको हो ।
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई  
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई   जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न.–२ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । यसले १९ वटा पदकसहित उपाधि हात पारेको हो ।
Weather Update