प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने
मंगलबार, माघ २, २०८०
क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय
बुधबार, पुस २५, २०८०
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।
प्रथम मेयरकप रनिङ्ग शिल्ड क्रिकेटको उपाधी तानसेन १ (ए) लाई
शनिबार, पुस २१, २०८०
तानसेनको टुँडिखेलमा सम्पन्न प्रथम मेयरकप रनिङ्ग शिल्ड क्रिकेट प्रतियोगिताको उपाधी तानसेन नगरपालिका – १ ‘ए‘ ले हात पारेको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
बिहीबार, पुस ५, २०८०
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो ।
पाल्पा क्रिकेट संघका अध्यक्षको निधन
बुधबार, पुस ४, २०८०
जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं कुशल युवासमाजसेवी राजेश श्रेष्ठको ५१ वर्षको उमेरमा बुधबार उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
सोमबार, मंसिर १८, २०८०
तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८० हुने भएको छ । नगर खेलकुद विकास समिति तानसेनको आयोजनामा यही मंसिर २० देखी तानसेनको टुँडिखेलमा प्रतियोगिता हुने भएको हो । नगर खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
बिहीबार, मंसिर ७, २०८०
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।
तानसेनमा प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरू
शुक्रबार, कात्तिक १७, २०८०
पाल्पामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता शुरु भएको हो ।
युएईलाई हराउँदै नेपाल विश्वकपमा
शुक्रबार, कात्तिक १७, २०८०
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेको छ । एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।
तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको तानसेनमा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै
बुधबार, कात्तिक १, २०८०
विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
पाल्पा जिल्ला बास्केटबल संघ गठन, अध्यक्षमा उदय
शुक्रबार, असोज २६, २०८०
पाल्पा जिल्ला बास्केटबल संघ गठन भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ शुक्रबार तानसेनमा बसेको प्रथम भेलाले बास्केटबल संघ गठन गरेको हो ।
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक
आइतबार, असोज ७, २०८०
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पाल्पा जिल्ला फुटबल संघले जेठ १५ देखि २७ गतेसम्म तानसेनको टुँडिखेलमा सञ्चालन गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबिच आय–व्यय सार्वजनिक गरेको हो ।


