एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित
सोमबार, माघ २९, २०८०
जेसिज पाल्पाले मैत्रीपूर्ण क्रिकेट खेलमा बैंकर्स संघ पाल्पालाई ९ विकेटले पराजित गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेल मैदानामा भएको खेलमा बैंकर्स संघले दिएको ९० रनको लक्ष्य पछ्याएको जेसिजले १४.४ ओभरमा ९१ रन बनाउँदै जित निकालेको हो ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
शुक्रबार, माघ २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई
मंगलबार, माघ २३, २०८०
रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।
भारतसँग नेपाल पराजित
शनिबार, माघ २०, २०८०
आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ...
रामपुरमा छैठौँ मेयर कप सुुरु
शनिबार, माघ २०, २०८०
जिल्लाको रामपुरमा छैठौँ मेयर कप प्रतियोगिता सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा शुक्रबारदेखि सुुरु भएको हो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई
शनिबार, माघ २०, २०८०
तानसेन नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माध्यमिक विद्यालय (जेभिटि) ले हात पारेको छ ।
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
सोमबार, माघ १५, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तम्घासस्थित महेन्द्र नमुना माविले हात पारेको छ । चिदिचौर खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र आठ कांस्यसहित २० पदक प्राप्त गरी महेन्द्रले उपाधि हात पारेको हो ।
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई
बुधबार, माघ १०, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न.–२ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । यसले १९ वटा पदकसहित उपाधि हात पारेको हो ।
रैनादेवी छहरामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु
सोमबार, माघ ८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा भएको प्रतियोगिता कटौजेपानी खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गरेका हुन् ।
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रामतुलसीलाई
सोमबार, माघ ८, २०८०
जिल्लाको रामपुर नगरपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । तीन दिनसम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विद्याका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै रामतुलसीले उपाधि हात पारेको हो ।