Shittalpati
रिहा भए सन्दीप लामिछाने
रिहा भए सन्दीप लामिछाने क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई
नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनीलाई नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । पहिलो संस्करणको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उसले उपाधि हात पारेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी
नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो ।
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला
गुल्मीको इस्मामा तीन वर्षदेखि अलपत्र फुटबल रङ्गशाला गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।
रुपन्देहीमा क्रिकेट प्रतियोगिता
रुपन्देहीमा क्रिकेट प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा सोमबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।
नेपालले यूएईलाई हरायो
नेपालले यूएईलाई हरायो नेपालले यूएईलाई हराएको छ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ ।
यूएईसँग नेपाल पराजित
यूएईसँग नेपाल पराजित एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा यूूएईसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई ८४ रनले पराजित गरेको हो । रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रनको योगफल तयार गरेको थियो ।
गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र
गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुन लागेको छ । न्यू योङ्ग स्टार युवा क्लब पेगाले यही असोज १४, १५ र १६ गते खुला भलिबलसँगै सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट
राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट पाल्पा आई.टि.एफ् तेक्वाण्डोबाट राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट भएका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघले २३ खेलाडी छनोट गरेको हो । जिल्लाका १३ डोजाङ्गबाट ढेड सय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनोट भएको संघका अध्यक्ष निर बहादुर सारुले बताए ।
Weather Update