तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
बुधबार, चैत १३, २०८१
गौचरन जग्गामा केराखेती
मंगलबार, चैत १२, २०८१
ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ ।
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
मंगलबार, चैत १२, २०८१
यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले...
जनताका हिरो कुलमान हटाइए
मंगलबार, चैत १२, २०८१
मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डो¥याएर ‘जनताका हिरो’ बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु
मंगलबार, चैत १२, २०८१
कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँच वर्षभित्र लुुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने योजनामा छौं : मुख्य सचिव अधिकारी
सोमबार, चैत ११, २०८१
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशलाई पाँच वर्षभित्र अर्गानिक प्रदेश मनाउने योजना अगाडि बढाएको बताएका छन् । आइतबार डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको सरोकारवालाहरुसँगको समन्वय गोष्ठीलाई तानसेनमा सम्बोधन गर्दै उनले प्रदेशलाई अर्गानिक बनाउने गरी प्रदेश सरकार अगाडि बढेको बताएका हुन् ।
आज विश्व क्षयरोग दिवस
सोमबार, चैत ११, २०८१
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थाल्यो : प्रजिअ सुवेदी
आइतबार, चैत १०, २०८१
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थालेको बताएका छन् । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा जिल्लामा बाँदरका कारण देखा परेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तिका विषयमा चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।
अनिशलाई तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि
आइतबार, चैत १०, २०८१
लुम्बिनीमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’को उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा शबिार भएके म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।
कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए
आइतबार, चैत १०, २०८१
भारतीय एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आइतबार मृत फेला परेका हुन् ।
पाल्पामा अझै रोकिएन जातीय भेदभाव
आइतबार, चैत १०, २०८१
छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ ।
नारायणघाट– बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
आइतबार, चैत १०, २०८१
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।
आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै
आइतबार, चैत १०, २०८१
आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको...


