‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’
सोमबार, जेठ ५, २०७७
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो
सोमबार, जेठ ५, २०७७
पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो ।
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो
आइतबार, जेठ ४, २०७७
नेपाली काँग्रेस गुल्मीले भारत रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायत देश विदेशका विभिन्न स्थानमा रहेका नागरिकहरुप्रति गुल्मी काँग्रेसले चासो देखाएको हो ।
कालीगण्डकीमा दुई बालक बेपत्ता
आइतबार, जेठ ४, २०७७
रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
आइतबार, जेठ ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
आइतबार, जेठ ४, २०७७
जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सयजरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् ।
कोरोना संक्रमितले भरिए अस्पताल
आइतबार, जेठ ४, २०७७
रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
आइतबार, जेठ ४, २०७७
नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
आइतबार, जेठ ४, २०७७
लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
कोरोना पोजेटिभ महिलाको मृत्यु
शनिबार, जेठ ३, २०७७
कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने
शनिबार, जेठ ३, २०७७
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
शनिबार, जेठ ३, २०७७
जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
शनिबार, जेठ ३, २०७७
कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।


