लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल
बिहीबार, जेठ ८, २०८२
राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
बिहीबार, जेठ ८, २०८२
राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
रुपन्देहीमा ‘एक घर, एक स्काउट’
बिहीबार, जेठ ८, २०८२
बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
बिहीबार, जेठ ८, २०८२
झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
आज जैविक विविधता दिवस मनाइँदैं
बिहीबार, जेठ ८, २०८२
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बुधबार, जेठ ७, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, सुर्खेत, सर्लाही, महोत्तरी र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
झेँदी पुल निर्माण सम्पन्न
बुधबार, जेठ ७, २०८२
मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बुधबार, जेठ ७, २०८२
न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
बुधबार, जेठ ७, २०८२
मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
लुम्बिनीको नीति तथा कार्यक्रम : समृद्ध प्रदेश निर्माणमा जोड
बुधबार, जेठ ७, २०८२
लुम्बिनी प्रदेश सरकारले नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ । प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने,...
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल
बुधबार, जेठ ७, २०८२
कुनै बेला भर्नाका लागि सोर्स लगाउनु पर्ने मदनपोखरा बहुप्राविधिक शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको छ । २०७५ मा प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तानसेनको दमकडामा स्थापना भएको शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको हो ।
उच्च अदालतले दियो भैरवनाथ मन्दिर समितिको काम कारवाही रोक्न अन्तरिम आदेश
मंगलबार, जेठ ६, २०८२
उच्च अदालत तुलसीपुर बुुटवलले ऐन विपरित ‘भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठनको निर्णय विरुद्ध अन्तरिम आदेश दिएको छ ।
तानसेनमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु
मंगलबार, जेठ ६, २०८२
जिल्लाको तानसेनस्थित टुडिखेल मैदानमा तेस्रो न्यूयुथ युनियन कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यूयुथ युनियन क्लब तानसेनको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।


