पाल्पा, सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबले पाल्पाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले पाल्पाको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने कार्यक्रममा सक्रिय भूमिका खेल्दै आएको हो ।
हरेक वर्ष क्वाविनेट बैंठकमार्फत यहाँको पर्यटन व्यवसायलाई चलायमान बनाउनुको साथै योजनासहित पर्यटनको विकासमा लायन्सले काम गर्दै आएको छ । यस वर्ष पनि क्लवले पाल्पामा सञ्चालित एरिया –२ सबै लायन्स क्लवहरुसँग सहकार्य गरी दोस्रो क्याविनेट बैंठक आयोजना गरेको छ । क्लवले कार्तिक २१ र २२ छुट्टा छुट्टै बैंठक राखी सेवा, पर्यटन प्रवद्र्धन , नेतृत्व विकास र लायन्स आन्दोलनका विषयमा व्यापक छलफल गरेको छ ।
बैठकले लायन्स आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ । पाल्पाको पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक, ऐतिहासिक साँस्कृतिक सम्पदाहरू पर्यटकीयस्थल, कृषि उत्पादनको प्रचार–प्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ बैंठक आयोजना गरिएको एरिया २ का चिफ लायन गंगाबहादुर खत्रीले बताए । कार्तिक २१ गते होटल द ह्वाइटलेकमा प्रि क्याविनेट र कार्तिक २२ गते श्रीनगर साँस्कृतिक डबलीमा क्याबिनेट बैंठक गरिएको थियो ।
बैंठकको लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानले उद्घाटन गरेका थिए । बैठकको उद्घाटन गर्दै उनले नेपालका लायन्स सदस्यहरूले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र आपत्कालिन सेवामा पुर्याएको योगदानको प्रशंसा गरे । खेतानले भने “लायन्सको शक्ति समुदायमा परिवर्तन ल्याउने प्रेरणा हो ।” उनले पाल्पा पर्यटकीय गन्तव्यमा सुरक्षित छ भन्ने सन्देश दिन, लायन्स क्लबको इतिहासमा इटा थप्न, सबै लायन्सको आत्मसम्मान बढाउन र लायन्सहरुको संस्थागत विकासमा योगदान दिन बैठक आयोजना गरिएको बताए । उनले भने “शुन्दर नगरी तानसेनमा स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन, स्थानीय व्यापार, व्यवसाय, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन, धार्मिक, साँस्कृतिक र प्राकृतिक क्षेत्रको सम्भावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने विश्वास लिएका छौं ।” लायन खेतानले सामाजिक कार्यमा निरन्तर लागेकै कारण क्लबले विभिन्न अवार्डहरु जित्न सफल भएको बताए । उनले क्लवले अवार्ड पाउनुु भने कै क्लवमा आवद्ध सबै सदस्यको सफलता रहेको धारणा व्यक्त गरे । उनले अहिलेसम्म सम्मानित भएकाहरुलाई जिम्मेवारी बोध गर्न समेत आग्रह गरे । खेतानले भने ‘ सफलता र सम्मान पायौं भन्दैमा आफ्नो जिम्मेवारी भने विर्सन हुँदैन ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लायन्स संगठनले राज्यको सामाजिक र स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र नागरिक समाजबिच सहकार्यले मात्र स्थायी विकास सम्भव हुने धारणा व्यक्त गरे । बैठकका मुख्य वक्ता उत्प्रेरक तथा नेतृत्व विकासका सहजकर्ता नरबहादुर कार्कीले सदस्यहरूबीच सकारात्मक सोच, सामूहिक प्रयास र दूरदृष्टियुक्त नेतृत्वका गुणहरू विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा निवर्तमान गर्भनर तथा पूर्व गर्भनरहरूले संगठनको अनुभव र नेतृत्वलाई थप सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । डिष्ट्रिक्ट गर्भनर लायन बालाराम भट्टराईले “लायन्सको सेवा नै हाम्रो पहिचान हो” भन्दै सबै सदस्यलाई थप लायन्सप्रति समर्पित भई समुदायमा योगदान दिन आग्रह गरे ।
कार्यक्रममा समाजसेवा र मानव कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका बुद्धि प्रसाद शर्मा, खेम बहादुर सारु र धर्मराज श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । बैठकमा डिष्टिक्टका पदाधिकारी, क्लब अध्यक्ष तथा सचिवहरू, पूर्व गर्भनरहरू, युवा लायन्सहरू र देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू गरी ७०० भन्दा बढीको सहभागिता रहेको थियो । डिष्ट्रिक्ट गर्भनर लायन बालाराम भट्टराईको अध्यक्षतामा बैठक भएको थियो ।


