बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा
बुधबार, जेठ १४, २०७७
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह
मंगलबार, जेठ १३, २०७७
उद्योग वाणिज्य संघ गुल्मीले एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न संघले आग्रह गरेको हो ।
संघले जेठ
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी
मंगलबार, जेठ १३, २०७७
रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बिकको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।
शिक्षण सिकाईमा यस्ता छन् तानसेन नगर सरकारका प्रयास
मंगलबार, जेठ १३, २०७७
लामो समय देखिको बन्दाबन्दीका कारण प्रभावित बनेका विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउन तानसेन नगरपालिकाले सुचना प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाईलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ विभिन्न प्रयासहरु गर्दै आएको छ ।
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक
मंगलबार, जेठ १३, २०७७
बन्दाबन्दीले उद्योगव्यवसाय सञ्चालन हुन नपाए पनि पाल्पाको रैनादेवी क्षेत्रमा नर्सरी सञ्चालकलाई फलफूलका बिरुवाको उत्पादन र बेच्न कुनै समस्या परेको छैन ।
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
मंगलबार, जेठ १३, २०७७
होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
मंगलबार, जेठ १३, २०७७
जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
कोरोना प्रतिकार्य योजना निर्माण
मंगलबार, जेठ १३, २०७७
गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
मंगलबार, जेठ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
सोमबार, जेठ १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।
पाल्पाका स्थानीय तहको पहलमा सीमानामा अलपत्र नागरिकको उद्दार
आइतबार, जेठ ११, २०७७
जिल्लाका स्थानीय तहहरुले सीमानामा अलपत्र नागरिकलाई उद्दार गरेका छन् । स्थानीय तहहरुको पहलमा रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्दार गरिएको हो ।

.jpeg.jpg)
