कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
मंगलबार, साउन २०, २०७७
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
मंगलबार, साउन २०, २०७७
आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
पाल्पा कोरोना संक्रमण मुक्त
मंगलबार, साउन २०, २०७७
पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
आइतबार, साउन १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो
आइतबार, साउन १८, २०७७
जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
आइतबार, साउन १८, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् ।
भारतमा एकैदिन ५७ हजार संक्रमित
आइतबार, साउन १८, २०७७
भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
शनिबार, साउन १७, २०७७
प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
शनिबार, साउन १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
शनिबार, साउन १७, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शनिबार, साउन १७, २०७७
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
शुक्रबार, साउन १६, २०७७
नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
गुल्मी काँग्रेसद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
शुक्रबार, साउन १६, २०७७
नेपाली काँग्रेस गुल्मीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शर्मालाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।


