गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
शुक्रबार, साउन १६, २०७७
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल
बिहीबार, साउन १५, २०७७
प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए
बिहीबार, साउन १५, २०७७
जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन
बिहीबार, साउन १५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।
रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर
बुधबार, साउन १४, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ मा खिर खाएर विरामी हुनेहरुको संख्या थपिदै गएको छ । मृत्यु संस्कारमा खिर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा बुधबार साँझसम्ममा विरामीको संख्या थपिएर ७५ पुगेको छ ।
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा
बुधबार, साउन १४, २०७७
जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
पाल्पा प्याब्सनले शुल्क नबढाउने
बुधबार, साउन १४, २०७७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने भएको छ । देशभरका निजी विद्यालय चालु शैक्षिक सत्रका लागि शुल्क बढाउने तयारीमा जुटिरहेका बेला प्याब्सन पाल्पाले भने शुल्क नबढाउने भएको हो ।
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन
बुधबार, साउन १४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका निर्देशक ओमबहादुर घर्ती मगरले शिक्षक कर्मचारीलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
प्रेस युनियन पाल्पाका पूर्व सभापति चापागाई पासंअसको संयोजकमा मनोनित
बुधबार, साउन १४, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाका पूर्व सभापति सतिश चापागाई पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय(पासंअस)को संयोजकमा मनोनित भएका छन् । विश्वभर छरिएर रहेका पाल्पालीहरुलाई संगठित गरी एउटै सञ्चालनमा ल्याउने गरी संगमले चापागाईलाई अन्तर्राष्ट्रिय संययोजक तोकेको हो ।
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने
मंगलबार, साउन १३, २०७७
जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पाको रामपुरमा पितृप्रसाद ग्रहण गरेका २९ बढी एकै पटक बिरामी
मंगलबार, साउन १३, २०७७
जिल्लाको रामपुर नगरपालिका-७ मा सामूहिक प्रसाद ग्रहण गरेका २९ जना भन्दा बढी बिरामी परेका छन् । आइतबार मोहोटी टोलमा पितृप्रसाद ग्रहण गरेकाहरु सोमबारदेखि बिरामी परेका हुन् ।
पाल्पाका विद्यालयमा पढाइ शुरु
मंगलबार, साउन १३, २०७७
कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक...
पाल्पामा पिसिआर मेसिन राख्ने कामको तयारी तिव्र
मंगलबार, साउन १३, २०७७
जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको प्रारम्भिक तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संहारको कार्य अहिले रातदिन गरेर भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिए ।


