प्रतितोला चौबीस सयले बढ्यो सुन
बिहीबार, साउन २९, २०७७
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
बुधबार, साउन २८, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुधबार, साउन २८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
भारतमा फसेकी युवतीको उद्दार
बुधबार, साउन २८, २०७७
एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु
मंगलबार, साउन २७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
मंगलबार, साउन २७, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
मंगलबार, साउन २७, २०७७
गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन चार जनाको मृत्यु भएको पुष्टि
सोमबार, साउन २६, २०७७
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । एकै दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
आइतबार, साउन २५, २०७७
दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
आइतबार, साउन २५, २०७७
जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
आइतबार, साउन २५, २०७७
जिल्लामा देखिएका सबै संक्रिमत डिस्चार्ज भएको केही दिनमै थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रम्भा गाउँपालिकाका ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
आइतबार, साउन २५, २०७७
नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने ।
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
शनिबार, साउन २४, २०७७
‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...


