Shittalpati
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
पशुका लागि गुन्द्रुक बनाउँदै
पशुका लागि गुन्द्रुक बनाउँदै पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
तीन दिन बदली हुने
तीन दिन बदली हुने न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो ।
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु पाल्पा रामपुरका थप कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रामपुर–४ का ६३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।
ब्राउन सुगरसहित ६ जना पक्राउ
ब्राउन सुगरसहित ६ जना पक्राउ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
Weather Update