Shittalpati
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सयजरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् ।
कोरोना संक्रमितले भरिए अस्पताल
कोरोना संक्रमितले भरिए अस्पताल रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
कोरोना पोजेटिभ महिलाको मृत्यु
कोरोना पोजेटिभ महिलाको मृत्यु कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय तिराईएको घटनालाई लिएर जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
कारागारका कैदीबन्दी उच्च जोखिममा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
गैरदलितको घरमा दलित पसेपछि जरिवाना गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
Weather Update