कृषि तथा वनजन्य उद्योगमा आकर्षण
मंगलबार, मंसिर ९, २०७७
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
मंगलबार, मंसिर ९, २०७७
आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।
देशभर कक्षा १२ को परीक्षा सुरु, ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह
मंगलबार, मंसिर ९, २०७७
कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।
मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने
सोमबार, मंसिर ८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० देखि सञ्चालन हुने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि
सोमबार, मंसिर ८, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ
सोमबार, मंसिर ८, २०७७
पाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।
गरिबीले छेक्यो पढ्ने रहर
सोमबार, मंसिर ८, २०७७
“बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाए ।
लोप हुँदै कोदो खेती
सोमबार, मंसिर ८, २०७७
पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।
चैतदेखि बन्द बगनासकालीका विद्यालय सोमबारदेखि खुल्ने
आइतबार, मंसिर ७, २०७७
कोभिड १९ का कारण चैतदेखि बन्द रहेका बगनासकाली गाउँपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै बगनासकाली गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
आइतबार, मंसिर ७, २०७७
पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
आइतबार, मंसिर ७, २०७७
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
आइतबार, मंसिर ७, २०७७
पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
शनिबार, मंसिर ६, २०७७
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।


