आज विश्व शहरीकरण दिवस मनाइदैं
शनिबार, कात्तिक १५, २०७७
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
शनिबार, कात्तिक १५, २०७७
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।
बाबुले गराइदिए छोराको चौरासी पूजा
शुक्रबार, कात्तिक १४, २०७७
हाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।
बुटवलमा कोरोना संक्रमितको मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
शुक्रबार, कात्तिक १४, २०७७
छिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो ।
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
शुक्रबार, कात्तिक १४, २०७७
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
बिहीबार, कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
भारतमा कोरोनाबाट एक लाख २० हजारको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
भारतमा विगत २४ घण्टामा ५ सय ८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
दैनिक कोरोना सम्बन्धी ब्रिफिङ नहुने
बुधबार, कात्तिक १२, २०७७
दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने भएको छ । आजदेखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने छ ।
पाल्पामा बुधबार १३ संक्रमितले कोरोना जिते
बुधबार, कात्तिक १२, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा १३ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका १३ जना संक्रमित कोरोना जितेर घर फर्किएका हुन् ।
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ
बुधबार, कात्तिक १२, २०७७
दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।


