ससुराको हत्या आरोपमा पक्राउ परेकी महिलालाई सार्वजनिक
मंगलबार, फागुन ११, २०७७
संरक्षणको अभावमा सार्वजनिक धारा
मंगलबार, फागुन ११, २०७७
संरक्षणको अभावमा सार्वजनिक धारा जीर्ण बन्दै गएका छन् । सरकारले एकघर एकधारा जडान गर्न थालेपछि पाल्पा तानसेन १२ का सार्वजनिक धारा, कुवालगायत मर्मतको पर्खाइमा ।
महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ती तालिम
मंगलबार, फागुन ११, २०७७
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउन अगरबत्ती तालिम दिइएको छ । बडिज्ञानटोल विकास संस्था तानसेनको ब्यवस्थापन र नागरिक स्वरोजगार केन्द्रको आयोजनामा महिलालाई एक दिने अगरबत्ती बनाउने तालिम दिइएको हो । महिलाहरुलाई अगरबत्ती बनाएर आफै स्वरोजगार बनी आत्मनिर्भर बन्नका लागि तालिम दिइएको टोल विकास संस्थाले जनाएको छ ।
रानीमहललाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध
मंगलबार, फागुन ११, २०७७
पाल्पाको ऐतिहासिक रानीमहल दरबारलाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध भएको छ । नेपाल पर्यटन बोर्डले रानीमहल दरबारलाई हेरिटेज होटेल बनाउने प्रस्ताव सरकारलाई गरेपछि पाल्पामा यसको सर्वत्र विरोध भएको हो ।
कोरोना अपडेट : थप ९० जना कोरोनामुक्त, मृत्यु शून्य
सोमबार, फागुन १०, २०७७
सोमबार थप ९० जना कोरोना संक्रिमत निको हुँदा १ सय २५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित र निको हुनेको संख्या देखिए पनि सोमबार मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।
कोरोनाबाट अमेरिकामा पाँच लाखको मृत्यु
सोमबार, फागुन १०, २०७७
वासिङ्टन, कोरोना भाइरस संक्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
माथागढीले सहिदलाई यसरी सम्झियो
सोमबार, फागुन १०, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले ७१औं प्रजातन्त्र दिवसका अवसरमा सच्चा सहिदहरुलाई सम्झदै विविध कार्यक्रम गरेको छ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय योगदान पुर्याएका सहिदहरुको योगदानलाई सम्झदै गाउँपालिकाले विविध कार्यक्रम गरेको हो ।
बहादुरपुरमा स्थायी बन्ध्याकरण शिविर
सोमबार, फागुन १०, २०७७
जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा स्थायी बन्ध्याकरण तथा एकीकृत परिवार नियोजन शिविर भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको सहयोग, माथागढी गाउँपालिकाको संयोजनमा एक दिने शिविर भएको हो ।
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा
आइतबार, फागुन ९, २०७७
कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर...
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
आइतबार, फागुन ९, २०७७
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ ।
दश लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइयो
आइतबार, फागुन ९, २०७७
कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ । नेपाल सरकारले भारतबाट खरिद गरेको ‘कोभिशिल्ड’खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याइएको हो ।
प्रधानमन्त्रीको खेल निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने : नेता विष्ट
आइतबार, फागुन ९, २०७७
नेकपा प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई थर्काउने र सूर्य चिन्ह माग्ने खेलमा लागेको बताएका छन् । तम्घासमा प्रचण्ड–माधव निकट युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
आलु खन्दै महिला
आइतबार, फागुन ९, २०७७
पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । यहाँका किसानले तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन् ।


