Shittalpati
अधिकांश स्थानमा वर्षा
अधिकांश स्थानमा वर्षा मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।
Weather Update