साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
आइतबार, वैशाख ५, २०७८
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, वैशाख ५, २०७८
पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।
२ सय २६ कोरोना संक्रमित निको
आइतबार, वैशाख ५, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ...
रामपुरमा पनि जनगणना कार्यालय खोलियो
आइतबार, वैशाख ५, २०७८
राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो ।
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
आइतबार, वैशाख ५, २०७८
गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा...
आज विश्व सम्पदा दिवस मनाईदै
आइतबार, वैशाख ५, २०७८
आज विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा...
ओलीले छुटाएका विषयहरु...
आइतबार, वैशाख ५, २०७८
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए । उनले गरेको भाषणहरु सुन्दा विकासले चमत्कारी रुपमा फड्को मारेछ जस्तो लाग्यो तर सबै कुरा यिनै नालायकको कार्यकालमा भए जस्तै गरी विवरण प्रस्तुत गरे ।...
पत्रकार महासंघ पाल्पाको पदस्थापन
शनिबार, वैशाख ४, २०७८
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाको १२औं अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन शुक्रबार भएको छ । यही चैत्र २५ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
अस्पताललाई रिफर सेन्टर बनाइनु हुँदैन : मन्त्री बराल
शनिबार, वैशाख ४, २०७८
पाल्पा, माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारले अस्पतालहरुलाई केवल रिफर सेन्टरमा मात्र विकास गर्न नहुने बताएका छन् ।
रामपुर–कपुरकोट सडकको काम धमाधम
शुक्रबार, वैशाख ३, २०७८
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक निर्माणको काम धामाधम भइरहेको छ । प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखी कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी रामपुर–कपुरकोट सडक निर्माणको कामलाई धमाधम अगाडि बढाएको हो । सडक निर्माणको कामलाई चुस्त दुस्त बनाउन भौतिक पूर्वाधार विकास...
५ सय ३४ संक्रमित थपिए
शुक्रबार, वैशाख ३, २०७८
पछिल्लो २४ घण्टामा थप ५ सय ३४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५ सय ८८ मा पिसीआर र ५ सय ६४ मा एन्टिजेन गरी...


