Shittalpati
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू...
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक...
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो पाल्पा, जिल्लामा केही समय अघि शून्य नजिक पुगेको कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वदेशमै श्रम र पसिनाका लागि तालिम
स्वदेशमै श्रम र पसिनाका लागि तालिम स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको...
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।
वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह
वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण...
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ मा पिसिआर परीक्षण गर्दा १ सय ६२ मा संक्रमण देखिएको जानकारी दिए ।
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए ।
Weather Update