‘कृषि एम्बुलेन्सले’ कृषकलाई राहत, उपभोक्तालाई सहज
सोमबार, जेठ १७, २०७८
खत्री परिवारले गरे गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स सहयोग
आइतबार, जेठ १६, २०७८
तम्घासको जिल्ला अस्पताल लाइनमा होटल व्यवसाय गर्दै आएका गंगा बहादुर खत्री र मायादेवी खत्रीले गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स हस्तान्तरण गरेका छन् । अमेरिकामा रहेकी उनको नातिनी बृन्दा एच श्रेष्ठ घलेको सहयोगमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिद गरि हस्तान्तरण गरेका हुन् ।
गुल्मीमा नेविसंघले दियो सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स
आइतबार, जेठ १६, २०७८
नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीले कोभिड–१९ बिरामीहरुलाई लक्षित गरि गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए
आइतबार, जेठ १६, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । कोरोना संक्रमण कायमै रहे पनि निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने
शनिबार, जेठ १५, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सरकारले सहुलियत कर्जा दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन् ।
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा
शनिबार, जेठ १५, २०७८
सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण
शनिबार, जेठ १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाले कोरोना जितेका छन् भने १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री
शुक्रबार, जेठ १४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।
गुल्मीमा एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ
शुक्रबार, जेठ १४, २०७८
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज
शुक्रबार, जेठ १४, २०७८
जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना
शुक्रबार, जेठ १४, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
बिहीबार, जेठ १३, २०७८
स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।


