Shittalpati
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर:  खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Weather Update