पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि
मंगलबार, माघ २५, २०७८
निर्माणधिन रेसुङ्गा विमानस्थल
मंगलबार, माघ २५, २०७८
गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल । आगामी बैशाख महिना भित्रमा नियमित उडान गर्ने गरी विमानस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ । यहाँ अहिले अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सकिन थालेको छ ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला
मंगलबार, माघ २५, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो । परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ
सोमबार, माघ २४, २०७८
मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते
सोमबार, माघ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
सोमबार, माघ २४, २०७८
पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।
माथागढीमा उद्यमशिलता विकास तालिम
सोमबार, माघ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा उद्यमशिलता विकास तालिम दिइएको छ । गाउँपालिकाले ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्यमशिलता विकास तालिम दिएको हो ।
पाल्पामा आइतबार थप १ सय २० जना संक्रमणमुक्त
आइतबार, माघ २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ६२ जना महिला र ५८ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
तानसेनमा एमसीसीको विरोध गरिने
आइतबार, माघ २३, २०७८
तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।
पाल्पामा शनिबार थप ७४ जना संक्रमित निको भए
शनिबार, माघ २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र ३३ जना पुरुष संक्रमित निको भएका हुन् ।
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु
शनिबार, माघ २२, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ । तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका -४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर
शनिबार, माघ २२, २०७८
सदरमुकाममा मात्र सिमित रहेको बर्थिङ सेन्टरको सुविधा (गर्भवती महिला लाई तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने स्थान) अहिले जिल्लाको बगनासकालीका गाउँ गाउँमा पुगेको छ ।


