रामपुर नहर बन्द हुँदा धानबालीमा असर
बिहीबार, कात्तिक ३, २०७९
भाइटीकाको साइत ११ः३७ बजे
बिहीबार, कात्तिक ३, २०७९
यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।
नेपालमा भूकम्पको झट्का महशुस
बुधबार, कात्तिक २, २०७९
नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
बुधबार, कात्तिक २, २०७९
निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।
तिहारलाई झिनिया
बुधबार, कात्तिक २, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ ।
‘विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध’
बुधबार, कात्तिक २, २०७९
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारको क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगर भित्रको विपद् व्यवस्थापनमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
तापक्रम घट्दै, चिसो बढ्दै
मंगलबार, कात्तिक १, २०७९
मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
मंगलबार, कात्तिक १, २०७९
‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र
मंगलबार, कात्तिक १, २०७९
स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ?
मंगलबार, कात्तिक १, २०७९
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो ।
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
डेङ्गुबाट ४८ को मृत्यु
सोमबार, असोज ३१, २०७९
हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
सोमबार, असोज ३१, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।


