पाल्पामा शिक्षक सहकारी
आइतबार, जेठ ८, २०७९
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
आइतबार, जेठ ८, २०७९
गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण
आइतबार, जेठ ८, २०७९
नयाँ शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नयाँ शैक्षिक सत्रको लागि आवश्यक योजना, व्यवस्थापनको लागि शिक्षकलाई थप जानकारी गराउने उद्देश्यले वेद माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज (बेस) बराङदीले शिक्षकहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा
आइतबार, जेठ ८, २०७९
नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्यहरुद्वारा सञ्चालनमा आएको कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारीको अध्यक्षमा धनकला गाहा चयन भएकी छन् । शनिबार तानसेनमा भएको सहकारीको प्रथम साधारण सभाबाट गाहा अध्यक्षमा चयन भएकी हुन् ।
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
शनिबार, जेठ ७, २०७९
रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक
शनिबार, जेठ ७, २०७९
सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।
त्रिविले आइतबार बिदा नदिने
शनिबार, जेठ ७, २०७९
नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि त्रिभुवन विश्व विद्यालयले भने आइतबार विदा नदिने बताएको छ । विश्वविद्यालयले जेठ १ गते एक सूचना जारी गर्दै हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य...
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
शुक्रबार, जेठ ६, २०७९
देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
शुक्रबार, जेठ ६, २०७९
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा सोही विद्यालयका दुई शिक्षक पक्राउ परेका हुन् ।
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, जेठ ६, २०७९
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
शुक्रबार, जेठ ६, २०७९
स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
बिहीबार, जेठ ५, २०७९
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बिहीबार, जेठ ५, २०७९
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...


