Shittalpati
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाको रम्भाबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
तराईबाट आएर पहाडमा खेती
तराईबाट आएर पहाडमा खेती पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको  तार !
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार ! गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ
प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम...
भित्रियो तिहार, आज कागको पूजा गरिदैं
भित्रियो तिहार, आज कागको पूजा गरिदैं नेपालीहरुको घर दैलोमा उज्यालोको पर्व तिहार भित्रिएको छ । शनिबार यमपञ्चक सुरु भएपछि हिन्दुु नेपालीहरुको घर आगनमा तिहार भित्रिएको हो । तिहार अन्तर्गत आज पहिलो दिन कागको पूजा गरिदैं छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’
रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’ बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महशुस भयो’, पौडेल भन्छन्,‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन...
Weather Update