तानसेनमा हनुमान जयन्ती मनाइयो
बिहीबार, चैत २३, २०७९
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली
बिहीबार, चैत २३, २०७९
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह
बिहीबार, चैत २३, २०७९
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह गरिएको छ । बुधबार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र तानसेन नगरपालिकाले तानसेनमा आयोजना गरेको मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा सरोकारवालाले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला
बुधबार, चैत २२, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका झविलाल रानाको ३० वर्षीय छोरो हिमबहादुर राना मृत फेला परेका हुन् ।
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा
बुधबार, चैत २२, २०७९
उखुु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
मंगलबार, चैत २१, २०७९
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
मंगलबार, चैत २१, २०७९
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते...
दुई विधेयक पारित
मंगलबार, चैत २१, २०७९
राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
मंगलबार, चैत २१, २०७९
दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएको छ । बाली भिर्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना...
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
मंगलबार, चैत २१, २०७९
पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
सोमबार, चैत २०, २०७९
सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
आइतबार, चैत १९, २०७९
प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।


-1762576335.jpg)