बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
शनिबार, भदौ २३, २०८०
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार
शनिबार, भदौ २३, २०८०
कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बनेको छ । दलहरूले स्थापित मूल्य–मान्यता र संविधानमाथि बलमिच्याइँ गर्दा कोशीमा अस्थिरता सिर्जना भएको हो ।
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान
शुक्रबार, भदौ २२, २०८०
२० औं निजामती सेवा दिवसको अवसरमा पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
शुक्रबार, भदौ २२, २०८०
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
शुक्रबार, भदौ २२, २०८०
राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।
पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २२, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाको पहिचनाको रुपमा रहेको करुवा र ढाकाको विस्तृत अध्ययन गरी ‘ब्राण्डिङ’ गर्ने बताएका छन् । बिहीबार तानसेनमा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने बताएका हुन् ।
आज साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो ।
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
बिहीबार, भदौ २१, २०८०
कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।
तानसेनमा निकालियो अमरनारायणको रथयात्रा
बिहीबार, भदौ २१, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष विहीबार निकालिएको हो ।
पाल्पामा निकालियो इतिहास सम्झाउने भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
पाल्पाको तानसेनमा विहीबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
बिहीबार, भदौ २१, २०८०
एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।
एमाले लुम्बिनी अध्यक्षमा कँडेल
बुधबार, भदौ २०, २०८०
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । उनी प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।
एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया
बुधबार, भदौ २०, २०८०
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया तानसेनमा भएको छ । नेपाल कम्युनिष्ट पार्टी पाल्पाको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र इतिहासका जानकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।


