संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि
बिहीबार, भदौ २८, २०८०
बुवाको मुहारमा खुसी हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा
बुधबार, भदौ २७, २०८०
तानसेन नगरपालिका–७ काजीपौवामास्थित जिल्लाको पहिलो सामुदायिक क्याम्पस तानसेन बहुमुखी क्याम्पस ३४ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३४ वर्षको यात्रा तय गरेको हो ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान
बुधबार, भदौ २७, २०८०
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
बुधबार, भदौ २७, २०८०
जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
बुधबार, भदौ २७, २०८०
गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।
शिक्षण सहयोग अनुदानमा अनियमितता
मंगलबार, भदौ २६, २०८०
जिल्लाको तानसेन नगरपालिकास्थित एक विद्यालयमा शिक्षण सहयोग अनुदानबापत आएको रकममा अनियमिता भएको पाइएको छ । तानसेन नगरपालिका–११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण अनुदानको रकममा अनियमिता भएको पाइएको हो ।
रामपुरमा गौशालिकको अनावरण
मंगलबार, भदौ २६, २०८०
जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म
मंगलबार, भदौ २६, २०८०
पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।
एमालेले तीन दिनसम्म शोक मनाउने
मंगलबार, भदौ २६, २०८०
नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए...
ठगी गर्ने दुई जना पक्राउ
मंगलबार, भदौ २६, २०८०
वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
मंगलबार, भदौ २६, २०८०
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।


-1762576335.jpg)