Shittalpati
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । 
लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा
लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहे पनि मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।
संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ   :  मुख्यमन्त्री चौधरी
संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ : मुख्यमन्त्री चौधरी लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले, प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन ।
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।
वेद माविको समिति गठनमा विवाद
वेद माविको समिति गठनमा विवाद जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।
बङ्गुरपालन व्यवसाय संकटमा
बङ्गुरपालन व्यवसाय संकटमा स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । 
रात्रि बस दुर्घटना  २० घाइते
रात्रि बस दुर्घटना २० घाइते तानसेनमा बिहीबार बेलुकी भएको रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।
Weather Update