Shittalpati
जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुुग्यो, १८५ घाइते
जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुुग्यो, १८५ घाइते भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीले सम्बन्धित सबैलाई अपिल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको भन्दै प्रभावित क्षेत्रमा  उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् ।  
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते
जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प : ८० जनाको मृत्यु, १ सय ४० घाइते पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडका भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
कालीगण्डकी नदीमा छोरा बचाउन हाम फाल्दा आमाको मृत्यु
कालीगण्डकी नदीमा छोरा बचाउन हाम फाल्दा आमाको मृत्यु छोरा बचाउन कालिगण्डकी नदिमा हाम फाल्दा आमाको मृत्युु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका –७ स्थित कालीगण्डकी नदीमा छोरा बचाउन हामफालेकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो ।
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।
सर्वोच्चको आदेशपछि रिगल पक्राउ
सर्वोच्चको आदेशपछि रिगल पक्राउ सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।
रिगलको कैद मिनाह बदर
रिगलको कैद मिनाह बदर सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो ।
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ ।  काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो । 
Weather Update