Shittalpati
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।
एचआईभी रोकथाममा नार्डेक
एचआईभी रोकथाममा नार्डेक जिल्लामा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा सोमबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो । 
काँग्रेस आगामी चुनाव एक्लै लड्छ :  नेता पन्त
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
आज मगर जातिको भूमि पर्व
आज मगर जातिको भूमि पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका...
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी  दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो  ।
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
आज विश्व एकल महिला दिवस
आज विश्व एकल महिला दिवस आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस  नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
Weather Update