रिडी बजार क्षेत्रको सरसफाई
सोमबार, चैत ५, २०८०
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर
आइतबार, चैत ४, २०८०
पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो ।
परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक
आइतबार, चैत ४, २०८०
गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदै
आइतबार, चैत ४, २०८०
नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो ।
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा
आइतबार, चैत ४, २०८०
झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले अर्धवार्षिक समीक्षा गोष्ठी गरेको छ ।
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’
शनिबार, चैत ३, २०८०
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् ।
काँग्रेसको मिसन ८४ हैन, झुपडीका घरहरुबाट गरिबी हटाउनु हो : सभापति श्रेष्ठ
शनिबार, चैत ३, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारेका हुन् ।
वन उपभोक्ता महासंघले सरकारलाई भन्यो ‘स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्न गर’
शुक्रबार, चैत २, २०८०
सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय बैठकले विदेशी काठ आयातलाई तत्काल रोकी स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्ने सरकारसँग माग गरेको छ । पाल्पामा बसेको वन उपभोक्ता महासंघको केन्द्रीय बैठकले १८ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्ने सरकारसँग माग गरेको...
भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
शुक्रबार, चैत २, २०८०
भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।
अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
शुक्रबार, चैत २, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
तानसेनमा एमालेले सदस्यको परीक्षा लिदैं
बिहीबार, चैत १, २०८०
नेकपा एमाले तानसेन नगर कमिटीले सबै पार्टी सदस्यहरुको परीक्षा लिन लागेको छ । एमालेले पार्टी सदस्यहरुको ज्ञानको पुर्नताजकी र क्षमता बढाउन परीक्षा लिन लागेको हो ।
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बिहीबार, चैत १, २०८०
‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।


