Shittalpati
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम 
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम  महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
बालिका हत्या आरोपी खाँ जेल चलान
बालिका हत्या आरोपी खाँ जेल चलान गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् ।  चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् । 
लागुऔषधसहित दुईजना पक्राउ
लागुऔषधसहित दुईजना पक्राउ काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ ।झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो । 
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।
देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’
देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’ केही दिन अघिदेखि व्यवस्थामाथि विरोध र प्रदर्शन हुँदै आइरहेका बेला मौन रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा मुुख खोलेका छन् ।
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नौ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
नौ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
यी प्रदेशमा हल्का वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ ।
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
Weather Update