भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै
बुधबार, चैत १४, २०८०

काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
बुधबार, चैत १४, २०८०
नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बुधबार, चैत १४, २०८०
बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...

आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
बुधबार, चैत १४, २०८०
आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

पाल्पामा १९ वर्षीया किशोरीको शव फेला, हत्या भएको आशंका
बुधबार, चैत १४, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहास्थित लप्सीखोला नजिकैको जंगलमा एक किशोरीको शव फेला परेको छ । मंगलबार विहान कपडा धुन खोलामा गएकी १९ वर्षीया पदमा सुनारको घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल
मंगलबार, चैत १३, २०८०
नेपाली काँग्रेस पाल्पा र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाबिच छलफल भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा मंगलबार सांगठनिक र समसामयिक विषयमा छलफल भएको हो

चट्याङ लागेर एकै घरका तीन घाइते
मंगलबार, चैत १३, २०८०
चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ
मंगलबार, चैत १३, २०८०
प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उमेरले छेकेन सीताको पढ्ने रहर
मंगलबार, चैत १३, २०८०
घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन् । कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन् ।

भ्रष्टाचार अभियोगमा मुद्दा दायर
सोमबार, चैत १२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
सोमबार, चैत १२, २०८०
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
सोमबार, चैत १२, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता
सोमबार, चैत १२, २०८०
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।