पूर्व विशिष्टहरुलाई सुविधा दिने बारे सरकारलाई थाहा छैन : उपप्रधानमन्त्री सिंह
शुक्रबार, चैत १, २०८१
गोरु पाल्ने किसानलाई पालिकाको अनुदान
शुक्रबार, चैत १, २०८१
चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ ।
पत्रकार डोटेल सम्मानित
शुक्रबार, चैत १, २०८१
पाल्पाली पत्रकार सिता डोटेल सम्मानित भएकी छन् । रामपुर नगरपालिका–६ बिजयपुर निवासी समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको ‘सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट डोटेल सम्मानित भएकी हुन् ।
पाल्पामा होलीको हर्षोल्लास
शुक्रबार, चैत १, २०८१
तानसेनका शान्ता ढकाल, रेनुका न्यौपाने र मनिषा आलेले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए ।
पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम
बिहीबार, फागुन २९, २०८१
पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो ।
मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका
बिहीबार, फागुन २९, २०८१
पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई यहाँका युवा र पाका पुस्ताले ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।
सद्भाव र प्रेमको पर्व होली मनाइँदै , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा
बिहीबार, फागुन २९, २०८१
सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।
सरकारले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको आरोप
बुधबार, फागुन २८, २०८१
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने, आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने...
गुल्मीमा एक पुरुषको शव फेला
बुधबार, फागुन २८, २०८१
जिल्लाको मदाने गाउँपालिका –४ झार्किसल्लास्थित ढोरपाटन सडक खण्ड नजिकैको भिरमा एक पुुरुषको शव फेला परेको छ । प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदीकोटका २५ वर्षीय प्रकाश सामत मृत अवस्थामा फेला परेका हुन् ।
सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी
बुधबार, फागुन २८, २०८१
दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
बुधबार, फागुन २८, २०८१
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
प्रतिनिधि सभा बैठक : ‘जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन’
बुधबार, फागुन २८, २०८१
प्रतिनिधि सभाको मंगलबार बसेको बैंठकमा बोल्ने अधिकांस सांसदहरुले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने बताएका छन् । उनीहरुले अहिले सडकमा देखिएको जनआक्रोशलाई सामन्य रुपमा लिन नहुने भन्दै जनताको असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
ऊनबाट आम्दानी खोजिरहेका आमा
बुधबार, फागुन २८, २०८१
बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।


