Shittalpati
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 

पाल्पा, नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।

सभाको नेपाल  नेत्रज्योति  संघ लुम्बिनी  प्रदेशका उपसभापति  सेरबहादुर  थापाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले  निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालले आँखाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गर्दै आएको उनले उल्लेख गरे । प्रमुख  अतिथि समेत रहेका थापाले संघमा चुनावको बेला आजीवन सदस्य लिनको लागि पार्टी  कार्यकर्ताको भिड लाग्ने तर चुनावपछी  निष्क्रिय  देखिने  हुनाले सदस्य  वितरण गर्दा  विचार पुर्‍याउन आग्रह  गरे । उपसभापति थापाले वर्तमान समयमा आँखा जाँच गर्ने डाक्टरको अभाव  भएको  बताउँदै पाल्पा, गुल्मी, अर्घाखाँचीमा मिलेर समस्या  समाधान गर्न लुम्बिनी  प्रदेशको तर्फबाट  आवश्यक  सहयोग  गर्ने  बताए । कार्यक्रममा नेपाल रेडक्रस  सोसाइटी  पाल्पा शाखाका सभापति  बाबुराम  कार्की, कालीगण्डकी  आँखा  उपचार  केन्द्र  तथा सर्जिकल सेन्टरका सदस्य  भोजेन्द्र प्रकाश  ढकाल, आमन्त्रित  सदस्य  केश लक्ष्मी  श्रेष्ठ  लगायतले सभाको सफलताको शुभकामना व्यक्त गरे । सोही संघका भुतपुर्व सचिब  स्वर्गीय  लोकप्रसाद ढकालको स्मृतिमा उनको श्रीमती  शारदा  ढकालले एउटा  कोठा  निर्माणका  लागि तीन लाख पाँच  रुपैयाँ  प्रदान गरेकोमा प्रसंशा पत्रले सम्मान लगरिएको थियो । त्यस्तै  गरी आमन्त्रित  सदस्य  केश लक्ष्मी  श्रेष्ठले आफ्नो स्वर्गीय आमाबुबाको स्मृतिमा  ३० हजार  र भवन  निर्माणकर्मी प्रेम बुढाले २५ हजार   सभापति  बुद्धिप्रसाद  शर्मालाई प्रदान गरेका थिए । कार्यक्रममा सचिव राजेन्द्र  लिगलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बेदराम श्रीरिसले आँखा अस्पतालको  ४  करोड  ४३ लाख र नेत्रज्योति  संघको १६ लाख १५ हजार बराबरको आर्थिक  प्रतिबेदन  प्रस्तुत  गरेका थिए । सभाले दुवै प्रतिवेदन सर्वसमत  पारित गरेको छ । संघका सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षता, उपसभापति  भिमसेन कार्कीको स्वागत,  सचिव  राजेन्द्र  लिगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update