आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
बिहीबार, साउन ३, २०८१

बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बिहीबार, साउन ३, २०८१
बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।

अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
बिहीबार, साउन ३, २०८१
यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।

अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान
बिहीबार, साउन ३, २०८१
साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

आज रुपन्देहीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
बुधबार, साउन २, २०८१
इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा रुपन्देहीका ५ स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ । यहाँका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।

पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी
बुधबार, साउन २, २०८१
जिल्लामा कुपोषण र रक्तअल्पताको मारमा बालबालिका पर्ने गरेका छन् । मानिसको शरिरलाई चाहिन्ने पोषणको कमी भएको अवस्था कुपोषण हो भने शरिरमा रगतको कमी हुनु रक्तअल्पता हो । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा यस्ता अवस्था निम्तिने गर्दछ ।

आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै
बुधबार, साउन २, २०८१
आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।

साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
बुधबार, साउन २, २०८१
मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो । साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै...

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
मंगलबार, साउन १, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ मंगलबार प्रमाणीकरण गरेका हुन् ।

सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
मंगलबार, साउन १, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

बिर्सिंदै ‘लुतो फाल्ने’ चलन
मंगलबार, साउन १, २०८१
साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।

नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
सोमबार, असार ३१, २०८१
कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ
सोमबार, असार ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।