नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असार १० गते बिहीबार
बिहीबार, असार १०, २०७८
यात्रु र व्यवसायी मर्कामा
बिहीबार, असार १०, २०७८
बन्दाबन्दीबाट जनजीवनका सबै पक्ष नराम्ररी प्रभावित भएका छन् । शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरूका साथै आर्थिक क्षेत्र पनि नराम्ररी थला परेको छ । यही क्रममा सार्वजनिक यातायात रोकिनाले कमाइको उपाय पनि बन्द भएका गरिबहरूलाई सबैभन्दा बढी मर्का परेको छ । तर, सरकार वा व्यवसायीका प्रतिनिधि संस्थाले जनताले भोग्नुपरेको मर्कामा भने...
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख
बुधबार, असार ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । गाउँपालिकाको नवौ गाउँसभामा अध्यक्ष सन्तोष कुमार थापाले बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरे ।
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य
बुधबार, असार ९, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार नवौं गाउँसभामार्फत गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
पाल्पा कोरोना अपडेट: बुधबार २२ जना संक्रमितले कोरोना जिते
बुधबार, असार ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २२ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुषले कोरोना जितेका छन्...
पहिरो पीडितलाई काँग्रेस पाल्पाको सहयोग
बुधबार, असार ९, २०७८
नेपाली काँग्रेस पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले केही दिन अघि अविरल वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याएका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो । पार्टीका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाको नेतृत्वमा गएको टोलीले रिब्दीकोट गाउँपालिका पालुङ मैनादी चम्पती धनराजाका तीन...
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट
बुधबार, असार ९, २०७८
जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा
बुधबार, असार ९, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख सोमनाथ सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ ।
नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक
बुधबार, असार ९, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गरेको मन्त्रिपरिषद् उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो...
पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त
मंगलबार, असार ८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।


