Shittalpati
आज कृष्ण जन्माष्टमी पर्व
आज कृष्ण जन्माष्टमी पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यो लुम्विनी प्रदेश अन्र्तगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।
बेपत्ता नागरिकको खोजी गर
बेपत्ता नागरिकको खोजी गर बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर मनाइदै छ । बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिकीकरण गर्न र बलपूर्वक व्यक्ति बेपत्ता पारिनबाट संरक्षण गरिनुपर्ने आवाजका साथ हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३१ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग बेपत्ता परिवारका सदस्यले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । एघारौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनीहरुले बेपत्ता पारिएका जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा परिवारलाई थप पीडा भइरहेकाले स्थिति सार्वजनिक गरी बेपत्ता...
पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध
पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।
हराएका मोटरसाइकल फेला
हराएका मोटरसाइकल फेला ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
पर्यटन पुनरुत्थानमा ध्यान देऊ
पर्यटन पुनरुत्थानमा ध्यान देऊ कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् ।
Weather Update