खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला
मंगलबार, माघ २५, २०७८
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
मंगलबार, माघ २५, २०७८
राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
बढ्दो आयात रोकौं
मंगलबार, माघ २५, २०७८
नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने
सोमबार, माघ २४, २०७८
सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ
सोमबार, माघ २४, २०७८
मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, माघ २४, २०७८
बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते
सोमबार, माघ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।
रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो !
सोमबार, माघ २४, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ । रैनादेवी छहरा –७ गहतेका तारा खड्काको श्रीमती ३३ वर्षीया भवि रेश्मी मृत अवस्थामा भेटिएकी हुन् ।
तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण
सोमबार, माघ २४, २०७८
जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् । मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका...
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
सोमबार, माघ २४, २०७८
पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।
माथागढीमा उद्यमशिलता विकास तालिम
सोमबार, माघ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा उद्यमशिलता विकास तालिम दिइएको छ । गाउँपालिकाले ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्यमशिलता विकास तालिम दिएको हो ।
गुल्मीमा आलोपालो सेवा सुरू
सोमबार, माघ २४, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको हो ।


