तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
मंगलबार, जेठ ३, २०७९
पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी
मंगलबार, जेठ ३, २०७९
जिल्लाको रामपुर नगरपालिका काँग्रेस विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका रमण बहादुर थापा पुनः नगर प्रमुखमा विजयी भएका छन् । उनले १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शिव अर्यालले भने १० हजार ८३ मत प्राप्त गरे ।
मोदीद्वारा पूजा आर्चना
मंगलबार, जेठ ३, २०७९
लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु राणा देउवाले पनि पूजा अर्चना गरे । दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए ।
तीन इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति
मंगलबार, जेठ ३, २०७९
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
दूरसञ्चार दिवसको सार्थकता
मंगलबार, जेठ ३, २०७९
आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस...
गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यहाँ काँग्रेसले चारवटा वडा सहित पालिका हात पारेको हो । अध्यक्षमा नेपाली काँग्रेसका भगतसिं खड्का विजयी भएका छन् । ५ हजार ५ सय ८९ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका हिराबहादुर एसीले ५ हजार ४ सय ६४ मत ल्याए...
गुल्मीको इस्मा –२ मा एमालेको किल्ला भत्कायो काँग्रेसले
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिका –२ मा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको इस्मा –२ मा काँग्रेसले यस पटक भने भत्काएको हो । यहाँ अन्तिम मत परिणामअनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका लोकनाथ आचार्य, महिला सदस्य रेनुका सारुसहितको प्यानलै विजयी भएको छ ।
गुल्मीको दुई पालिकामा काँग्रेस विजयी
सोमबार, जेठ २, २०७९
नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो
सोमबार, जेठ २, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जितेको छ । यहाँ नेकपा एमालेका यमबहादुर चिदी मगरले ६ हजार १ सय ९ मत ल्याएर विजयी भने उनका निकटत्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।
पाल्पाको तिनाउमा एमालेबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा गठबन्धनबाट थापा विजयी
सोमबार, जेठ २, २०७९
जिल्लाको तिनाउ गाउँपालिकामा एमालेबाट अध्यक्षमा र उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९० मत ल्याएर विजयी भए भने उनका निकटत् प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।
सन्दर्भ : २५६६ औं बुद्ध जयन्ती, जय–बुद्ध जय–लुम्बिनी !
सोमबार, जेठ २, २०७९
बुढापाकाहरुले भन्दथ्ये, मरेपछि मात्र देखिन्छ स्वर्ग त्यहाँ ।
‘बौद्ध’ हामी भन्छांै बाँचेर पनि, देखिन्छ स्वर्गको टुक्रा यहाँ ।।
आज बुद्ध जयन्ती
सोमबार, जेठ २, २०७९
वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।


