दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
मंगलबार, भदौ २१, २०७९
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
मंगलबार, भदौ २१, २०७९
तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
मंगलबार, भदौ २१, २०७९
मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।
आचारसंहिताको पालना
मंगलबार, भदौ २१, २०७९
अबको चासो निष्पक्ष निर्वाचनको हो । निर्वाचन आयोगले पनि संघीय तथा प्रदेश निर्वाचनको नयाँ निर्वाचन आचारसंहिता निर्माण गरिसकेको छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका निमित आयोगले आचारसंहिता बनाइसकेको छ । यसका लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता र निर्देशन पालना गर्न अनिवार्य छ । संघ र प्रदेशको निर्वाचनलाई...
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
सोमबार, भदौ २०, २०७९
गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस
सोमबार, भदौ २०, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको...
एमाले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य राख्छ : ज्ञवाली
सोमबार, भदौ २०, २०७९
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक्लै चुनाव लड्ने र जनमत लिने सामथ्र्य एमालेले मात्रै राख्न सक्ने बताएका छन् । पाल्पाको तानसेनमा भएका विभिन्न कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमालेसँग एक्लै चुनावमा लड्ने आँट र सामथ्र्य रहेको बताएका हुन् ।
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक
सोमबार, भदौ २०, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड
सोमबार, भदौ २०, २०७९
आर्थिक संकटमा परेको जिल्लाकोसबै भन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले एक करोड दिने भएको छ । आर्थिक संकटमा परेको क्याम्पसलाई केही भएर पनि राहत दिने गरी रेसुङ्गा नगर सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं
सोमबार, भदौ २०, २०७९
मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी र आन्दोलन हुँदै आएको छ । विभिन्न विद्यार्थी संघ गठनहरुले त्रिविलाई आन्दोलनको अखडा बनाउदै आएका छन् । अहिले नेविसंघले महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ । तर सरकार भने मौनता साँधेर बसिरहेको छ ।


