Shittalpati
निर्वाचनको परीक्षामा दलहरु
निर्वाचनको परीक्षामा दलहरु मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन...
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ...
मतदातामा उत्साह बढाऔं
मतदातामा उत्साह बढाऔं निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन ।
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन
नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।
तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने
तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने तानसेन नगरपालिकाले नेपाल नगरपालिका संघसँग मिलेर खानेपानी सरसफाई क्षेत्रमा सुसासन, सुदृढिकरण कार्यक्रम लागु गर्ने भएको छ । नेपाल नगरपालिका संघसँग भएको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकालाई पाँच वर्ष भित्र ग्रिन शहर, स्वच्छ, सफा शहरको रुपमा परिचित गराउने बताए ।
Weather Update