Shittalpati
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । 
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 
दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल  अभ्यास आदान–प्रदान
दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल  अभ्यास आदान–प्रदान गोरखा नगरपालिका, नेपाल पत्रकार महासंघ गोरखा र तानसेन नगरपालिका, नेपाल पत्रकार महासंघ पाल्पाबिच असल  अभ्यास आदान– प्रदान गरिएको छ । गोरखाबाट आएको जनप्रतिनिधि र पत्रकारहरुको टोलीसँग विहीबार तानसेनमा असल अभ्यास आदान–प्रदान गरिएको हो ।
डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ
डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका (८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका(४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझालाई प्रहरीले  पक्राउ गरेको हो ...
सरेको सर्‍यै प्रतिनिधिसभा बैठक
सरेको सर्‍यै प्रतिनिधिसभा बैठक भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्‍ यै छ । विहीबार दिउँसो बोलाइएको बैंठक सरेर पुन: साँझ साढे ६ बजेपछि सुरु भएको थियो । त्यो बैठकमा पनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी रास्वपा, एकीकृत समाजवादीलगायत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
गतिरोधको निकास खोज
गतिरोधको निकास खोज सत्ता र विपक्षीले अडान नछोड्दा संघीय संसद् बन्धक बन्दै आएको छ । भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेतको संलग्नता रहेको आरोप सहित विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १५ जेठमा बजेट प्रस्तुत हुन दिए पनि त्यसयताका बैंठकहरु हुन सकेका छैनन् ।
२४२ यात्रु सवार विमान भारतमा दुर्घटना
२४२ यात्रु सवार विमान भारतमा दुर्घटना भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ  ।
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ...
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
दूध र मह बिक्रीबाट मनग्य आम्दानी बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल । 
आजदेखि सुनचाँदी व्यवसायीहरु आन्दोलित, पसलहरु बन्द
आजदेखि सुनचाँदी व्यवसायीहरु आन्दोलित, पसलहरु बन्द सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै आजदेखि पाल्पासहित देशभैभर पसल बन्द गरेर आन्दोलित बनेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ । यस्तै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ ।...
आज विश्व बालश्रम विरुद्धको दिवस
आज विश्व बालश्रम विरुद्धको दिवस आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैं छ । विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
Weather Update