नवौं विश्व माटो दिवस मनाइयो
मंगलबार, मंसिर २०, २०७९
माटो सुधारमा ध्यान दिऊ
मंगलबार, मंसिर २०, २०७९
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।...
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
सोमबार, मंसिर १९, २०७९
जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
गुरुङको संसद्मा तेस्रो यात्रा
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।
पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ
सोमबार, मंसिर १९, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनीको राजधानी दाङ नसार्न दवाब, राजनीतिक दलदेखि सांसदले निकाले विज्ञप्ती
सोमबार, मंसिर १९, २०७९
लुम्बिनी प्रदेशमा २०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचनाहरु तयार गरेर मात्र बुटवलबाट प्रदेश सभा र मन्त्रालयहरु स्थायी राजधानीमा लैजाने घोषणा गरेका थिए । तर अहिले काम चलाउ प्रदेश सरकारले स्थायी संरचना...
घर बनाइदिने प्रलोभन देखाएर ठगी
सोमबार, मंसिर १९, २०७९
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखाँै असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय...
नयाँ नेतृत्व आवश्यक
सोमबार, मंसिर १९, २०७९
नेपाली राजनीतिमा विभिन्न समयमा उतारचढावहरु आउने गर्दछन् । देशमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ । यति बेला नयाँ सरकार निर्माणको प्रसव पीडालाई कसरी समायोजन गरेर अगाडि बढ्ने भन्ने विषयले प्राथमिकता पाएको छ ।
रामपुरका विपन्न परिवारलाई खाद्यन्न
आइतबार, मंसिर १८, २०७९
जिल्लाको रामपुर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको छ । स्लामिक संघ नेपालले रामपुर नगर सरकारको समन्वयमा नगर भित्रका ५० घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको हो ।
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आइतबार, मंसिर १८, २०७९
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा...
आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
आइतबार, मंसिर १८, २०७९
रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको कम्पनीको २२ औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।


