गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा
सोमबार, असोज ३, २०७९
गणेश सहकारीले गर्यो नवौं साधारण सभा तथा अधिवेशन
सोमबार, असोज ३, २०७९
तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा तथा अधिवेशन गरेको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई
सोमबार, असोज ३, २०७९
सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
सोमबार, असोज ३, २०७९
पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा
सोमबार, असोज ३, २०७९
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ७ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो । यसैको खुसीयालीमा आज देशभर संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ...
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं
सोमबार, असोज ३, २०७९
अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो ।
बरजु गुठीले मनायो वार्षिक साधारण सभा
सोमबार, असोज ३, २०७९
तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए ।
संविधानको कार्यान्वयनमा जोड देऊ
सोमबार, असोज ३, २०७९
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन, नियम, नियावली, नीति तथा निर्देशनको आधार पनि यहि हो भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ । पछिल्लो समय...
संविधान दिवस र यसको सार्थकता
सोमबार, असोज ३, २०७९
मुलुकमा जनप्रतिनिधिबाट सम्मिलित संविधान जारी भएको आज ८ वर्ष पुुगेको छ । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने आधारभूत रूपमा फरक पाउन सकेनन् । अर्थात् जनताले काँग्रेस र कम्युनिष्टको शासन त पाए तर...
छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
आइतबार, असोज २, २०७९
नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...


