थप छ क्रसर उद्योग बन्द
मंगलबार, माघ ३, २०७९
कस्तो नेपालको सत्ता राजनीति ?
मंगलबार, माघ ३, २०७९
कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ ।
किन दोहोरिन्छ हवाई दुर्घटना ?
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ७२ जना सवार यती एयरलाइन्सको ‘९ एन एएनसी एटीसआर ७२–५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्यो । यति ठूलो संख्यामा ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् । नेपालको हवाई...
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।
लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
आइतबार, माघ १, २०७९
ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई
शनिबार, पुस ३०, २०७९
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे
शनिबार, पुस ३०, २०७९
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
शनिबार, पुस ३०, २०७९
पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।
सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार
शनिबार, पुस ३०, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहने बताएका छन् । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी गर्ने बताए ।


